ad ad

समाज


दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु

दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु

शैलेन्द्र महताे
माघ २९, २०७६ बुधबार १३:४७,

अवैध नदी दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु भएको छ।

चुरे तथा वनजंगल संरक्षण अभियानले बुधबार ढल्केबरमा प्रदर्शन गर्दै आन्दोलनको सुरुवात गरेको हो। दिलीपलाई न्याय र प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषण गर्न माग गर्दै सामाजिक अभियन्ता सरोज रायको विशेष उपस्थितीमा ढल्केबरमा अभियानले प्रदर्शन गरेको छ।

दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर, उच्च स्तरीय छानबिन समिति गठन गर, दोषीलाई कडा कारबाही गर लगायतका नारासहित सयौं स्थानीयले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिकामा पर्ने ढल्केबर बजारको विभिन्न चोकमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरी कोणसभा गरेका थिए।

त्यस क्रममा आधा घण्टा राजमार्ग समेत अवरुद्ध भएको थियो। कोणसभामा सामाजिक अभियन्ता सरोज राय, संघर्ष समितिका संयोजक समेत रहेका तराई मधेश चुरे संरक्षण अभियानका अध्यक्ष सुनिल यादव, पिछ्डावर्ग समाज (ओबिसी)का अध्यक्ष राम कुमार महतो, तराई मधेस राष्ट्रिय परिषदकी सदस्य गुञ्जा राय, लगायतका सम्बोधन गर्दै यथसिघ्र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतानी दिएका छन्।

अभियानले फागुन १ गते सिरहाको लहान, फागुन २ गते महोत्तरीको बर्दिवास, फागुन ३ गते सर्लाहीको लालबन्दी र काठमाडौं माइतीघर मण्डला, फागुन ४ गते रौतहटको चन्द्रनिगाहपुर, फागुन ५ गते बाराको सिमरा र फागुन ६ गते पर्साको विरगञ्जमा दिलीपका हत्यारालाई कडा कारबाही र पर्यावरण सहिद घोषणा गर्ने माग सहित प्रदर्शन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक यादवले बताए।

dilip-sahid-ghosana-1.jpg

दिलीपको हत्यामा संलग्न अझै केही आरोपीहरु फरार रहेको भन्दै उनीहरुलाई पक्राउ गरी कडा कारबाही, दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै अभियानले सुनिल यादवको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रेको हो। समितिको सह संयोजकमा रामकुमार महतो, सदस्यहरुमा गुञ्जा राय, राजुकुमार सिंह, अमन यादव, अरुण महतो र संगम कुमारी महतो रहेका छन्।

अभियानले गएको माघ २७ गते जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरिसकेको छ।

गएको पुस २५ गते विहान धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने २४ वर्षीय दिलीप महतोको घर नजिकैको औरही खोलामा टिपरले किचेर विभत्स हत्या भएको थियो। अवैध उत्खनन् भइरहेको थाहा पाएर रोक्न गएको बेला टिपरले किचेर दिलीपको हत्या गरिएको थियो। घटना पश्चात देशभरि नै दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .