ad ad

समाज


ट्राफिक सचेतनाका लागि सारंगी टोली परिचालन

ट्राफिक सचेतनाका लागि सारंगी टोली परिचालन

नेपालखबर
माघ २९, २०७६ बुधबार १३:३२,

महानगरिय ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिन सारंगी टोली परिचालन गरेको छ।

पैदल यात्रुमा ट्राफिक नियमको जानकारी नहुने र जथाभावि बाटो काटने, जेब्राक्रसिङको प्रयोग नगर्ने र ट्राफिक लाइटको जानकारी नराख्ने समस्या रहेको भन्दै सांगीतिक टोली मार्फत सचेतना फैलाउने प्रयास गरेको हो। बुधबार बानेस्वर स्थित संसद भवन अगाडि ट्राफिक प्रहरीले सारंगी टोली परिचालन गरी ट्राफिक गीत गाएर ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो।

प्रहरी वरिष्ठ उपरिक्षक, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले पैदल यात्रीहरुले ट्राफिक नियमको जानकारी नराख्ने र जथाभावी बाटो काटने गरेकाले सांगितिक अभियान मार्फत ट्राफिक नियमको जानकारी गराइएको बताए। उनले सडकको जेब्राक्रसिङमा समेत ट्राफिक लाइट सुरु भइसकेको र पैदल यात्रुले त्यसको पालना नगरेपछि ट्राफिक नियमको जानकारी दिन नयाँ उपाय अपनाएको बताए।

उनले ट्राफिक प्रहरी आफैले पनि जानकारी गराउने र सांगीतिक तरिकाले सारंगी टोली परिचालन गरी ट्राफिक गीत गाएर पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको बताए।

महाशाखा प्रमुख ढकालले पैदल यात्रुको चाप बढी हुने काठमाडौंका मुख्य मुख्य स्थानमा सांगीतिक अभियान मार्फत ट्राफिक नियमको जानकारी गराउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .