समाज


माछा मार्ने क्रममा सेतीमा बेपत्ता पुरुषको शव पाँच दिनपछि भेटियो

माछा मार्ने क्रममा सेतीमा बेपत्ता पुरुषको शव पाँच दिनपछि भेटियो

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १५:१७, काठमाडौँ

पोखरास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङको शव पाँच दिनपछि फेला परेको छ।

यही फागुन १३ गते सेतीमा माछा मार्ने क्रममा खसेर बेपत्ता भएका ४५ वर्षीय तामाङको शव शुक्रबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तामाङको शव पोखरा महानगरपालिका-१५ पट्नेरी क्षेत्रस्थित सेतीको ढुंगामा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बेपत्ता भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरहरूले तामाङको खोजी ब्यापक बनाएका थिए। 

चार दिनसम्म खोज्दा पनि नभेटिएपछि प्रहरीले बिहीबार सेती नदीको बाँध पनि खोलेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .