ad ad

समाज


पोल्यान्डमा नेपाली युवकको छुरा प्रहार गरी हत्या

पोल्यान्डमा नेपाली युवकको छुरा प्रहार गरी हत्या

नेपालखबर
फागुन १५, २०८० मंगलबार १:१३, काठमाडौँ

आफ्नै जर्जियन सहकर्मीको छुरा प्रहारबाट पोल्याण्डमा एकजना नेपाली युवकको मृत्यु भएको छ।

मृतक साकेला-१, खोटाङका २९ वर्षीय राजेश दाहाल हुन्।

एउटै कम्पनीमा काम गर्ने ३५ वर्षीय जर्जियन नागरिकले दाहाललाई सँगै बस्ने होस्टलमा शनिबार राति ११ बजे छुरा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।  

मदिराले मातेका जर्जियन नागरिकले सामान्य विवादमा छुरा हानेका थिए।

राति ११ बजे छुरा प्रहारबाट ढलेका दाहालको शव प्रहरीको टोलीले आफ्नो प्रकृया पूरा गरी बिहान ४ बजे लिएर गएको दाहालसँगै काम गर्ने एक नेपालीलाई उदृत गर्दै एनआरएनए पोल्याण्डका सचिव उदयराज गिरीले जानकारी दिए। हत्यामा संलग्नसहित सहयोग गर्ने आक्रमणकारीको युक्रेनी श्रीमती र थप अर्की महिलालाई प्रहरीले गिरफ्तार गरेको छ।

मृतक दाहालको शव परीक्षणका लागि अस्पतालमा राखिएको र उनको निधनबारे परिवारलाई जानकारी गराइसकिएको गिरीले बताए।

दाहाल काम गर्ने कम्पनी सम्पर्कमा रहेको र शव नेपाल लैजाने वा पोल्याण्डमै दाहसंस्कार गर्नेबारे परिवारसँगको परामर्शपछि सहजीकरण गर्ने उनको भनाइ छ।

दाहाल सन् २०२३ को जनवरीमा वैदेशिक रोजगारीका सिलसिलामा पोल्याण्ड गएका हुन्। दाहाल र हत्यामा संलग्नहरु पोल्याण्डको सुप्सक सहरमा रहेको एक माछा कम्पनीमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .