ad ad

समाज


देशभरका मिटरब्याजी पीडित पैदलयात्रा गर्दै काठमाडौंमा

देशभरका मिटरब्याजी पीडित पैदलयात्रा गर्दै काठमाडौंमा

नेपालखबर
फागुन ८, २०८० मंगलबार २०:४४, काठमाडौँ

देशभरका मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका छन्। उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका हुन्।

उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन्। गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए।

१७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए। मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन्।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरुका माग छन्।

यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए।

पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।

काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। उनले लघुवित्तीय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको बताए।

उनले भने, ‘लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .