ad ad

समाज


आज कन्या राशिको भाग्याङ्क ८१ प्रतिशत, अन्यको कति? हेर्नुस् फागुन ५ को राशिफल

आज कन्या राशिको भाग्याङ्क ८१ प्रतिशत, अन्यको कति? हेर्नुस् फागुन ५ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन ५, २०८० शनिबार ५:२४, काठमाडौँ

आज शनिबार, ५ फागुन २०८०। अंग्रेजी पात्रोअनुसार १७ फेब्रुअरी २०२४।
कस्तो छ त आजको दिन, हेर्नुस् फागुन ५ गतेको राशिफल-

मेष : विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। अधुरा काम पुनः सुचारु हुन सक्छन्। चिताएको कामले तीव्रता लिन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

आजको भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क ७ रहेको छ।

प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग दुवै ७२ प्रतिशत रहेको छ भने सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति मिल्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला। यसले आफैँलाई हानि गर्नेछ।

वृष : मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क१ हो भने प्रेम र सम्बन्धमा ७६, व्यापारमा ८४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज नवग्रहलाई स्मरण गरेर कमको थालनी गर्दा राम्रो हुनेछ। पूर्व दिशातर्फको यात्रा नगरेकै राम्रो।

मिथुन : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ।

भाग्यशाली रङ्ग सेतो हो भने भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ८०, व्यापारमा ४८, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भगवान् शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङ्गको प्रयोग चाहिँ नगर्नु होला।

कर्कट : नयाँ कार्यको चर्चा चल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ।

प्रेम र सम्बन्धमा ६९, व्यापारमा ४६, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भोकालाई भोजन दिनु उचित हुनेछ। उत्तर दिशातर्फको यात्रा त्यति उपयुक्त देखिँदैन। 

सिंह : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। समाजसेवामा मन लाग्नेछ। घुमफिरमा आकर्षण बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ।

आज भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ।

प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज रोगीलाई सहयोग गर्दा मनमा शान्ति मिल्ला। खुट्टा तान्नेहरू सक्रिय हुने हुँदा सजिलै अरूको विश्वास नगर्नु होला।

कन्या : प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रमाइलो यात्राको योग रहेको छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। उपहार पाइन सक्छ।

भाग्यशाली रङ्ग पहेँलो रहेको छ भने भाग्यशाली अङ्क ९ हो।

प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४९, वैदेशिक कार्यमा ८० र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्। खैरो रङ्गको प्रयोग गर्नु त्यति राम्रो छैन।

तुला : शुभ कार्यको चर्चा चल्नेछ तर अनावश्यक झमेलामा परिएला। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। साँझमा भने सफल यात्राको योग रहनेछ।

भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क २ रहेको छ।

प्रेम र सम्बन्धमा ३४, व्यापारमा ७७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज पितृ देवताको आशीर्वाद लिएर दिनको सुरुआत गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

वृश्चिक : भाग्यले विभिन्न अवसर जुराउनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। केही नयाँ कुरा खरिद गर्न सकिनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ।

यो राशिको आज भाग्यशाली अङ्क ७ रहेको छ भने प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज प्यासीलाई पानी दिँदा मनले चिताएको पुग्नेछ। ईर्ष्या गर्नेहरू कमी नहुने हुँदा सजिलै अरूको विश्वास नगर्नु होला।

धनु : नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली अङ्क ४ रहेको छ भने प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६९ तथा वैदेशिक कार्य एवं शिक्षा दुवैमा ७६ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य सबलता ८०, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग चाहिँ नगर्नु होला।

मकर : परोपकारी कार्यमा संलग्न भइनेछ। बजार घुम्ने अवसर मिल्नेछ। नयाँ र शुभ कार्यको चर्चा चल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ।

प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यो राशि हुनेको आज स्वास्थ्य सबलता ७१ प्रतिशत रहेको छ भने यात्राको सम्भावना ८० र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला। यसले यसले महत्त्वपूर्ण योजनामा दखल पुर्‍याउन सक्छ।

कुम्भ : चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले काम अगाडि बढ्नेछ।

भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ७ रहेको छ।

प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूलता ३१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज शनिदेवको दर्शन गर्नु राम्रो हुनेछ। यात्रा त्यति फलदायी नहुने हुँदा भरिसक्के लामो यात्रा नगर्नु होला।

मीन : लाभदायक यात्रा रहला। कार्य सम्पादनमा सहजता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्यमा सहजता मिल्नेछ।

आजको भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ४ रहेको छ।

आज प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। झुट नबोल्नु होला। झुटो कुराले आफैँलाई पिरोल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .