ad ad

समाज


१३ ताेला गहना फिर्ता गर्ने चालकलाई सुनको सिक्री उपहार

१३ ताेला गहना फिर्ता गर्ने चालकलाई सुनको सिक्री उपहार

नेपालखबर
माघ २७, २०७६ सोमबार १३:४१,

ट्याक्सीमा छुटेको महत्वपुर्ण सामान फिर्ता गर्ने चालकलाई सामान धनीले सुनको सिक्री उपहार दिएका छन्।

बा २ ज ४०७१ नम्बरको भाडा कार चालक नविन सिग्देललाई सुन्धराकी लक्की रिजालले सुनको सिक्री दिएकी हुन्।

रिजाल सोमबार लाजिम्पाटदेखि थापाथलि नर्भिक अस्पतालसम्म जाँदा नम्बर नखुलेको भाडा कारमा अन्दाजी १३ तोला बराबरको सुनको गरगहना, ल्यापटप, महत्वपुर्ण मेडिकलको कागजपत्रहरु र लत्ता कपडा सहितको लगेज व्याग छुटेको थियो। त्यसबारे चालक सिग्देलले ट्राफिक हट लाईन १०३ मा जानकारी गराई खोजतलास शाखामा सामान बुझाएका थिए।

saman-firta-taxi_1.jpg

ट्राफिक प्रहरी महाशाखाले फेला परेको सामान सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने क्रममा प्रोत्साहन स्वरुप चालकलाई सुनको सिक्री उपहार दिइएकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .