समाज


नेपाल प्रहरीमा १ हजार ९५० जनाका लागि नयाँ भर्ना आह्वान

नेपाल प्रहरीमा १ हजार ९५० जनाका लागि नयाँ भर्ना आह्वान

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८० शुक्रबार १२:८, काठमाडौँ

नेपाल प्रहरीले एक हजार ९५० जनाका लागि नयाँ भर्ना आह्वान गरेको छ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न १ हजार ९ सय ५० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ८ सय ५६ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ९४ जनाका लागि दरखास्त आव्हान गरिएको हो। 

जसमध्ये प्रहरी कार्यालय सहयोगी भान्छेतर्फ ५३ जना, हजामतर्फ ७ जना, कुचिकारतर्फ २० जना र खेलाडीतर्फ १४ जनाका लागि दरखास्त आव्हान गरिएको छ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिने
छ। 

साथै प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा दरखास्त दर्ता गर्न इच्छुक उम्मेदवारहरूको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौँमा मात्र दरखास्त फाराम दर्ता हुनेछ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्।

दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .