ad ad

समाज


माघ २१ गतेको राशिफल

माघ २१ गतेको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २१, २०८० आइतबार ५:६, काठमाडौँ

आज २१ माघ २०८०। तदनुसार ४ फेब्रुअरी २०२४। राशिअनुसार आजको दिन कस्तो छ त, हेर्नुस् राशिफल-

मेष : आज बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। आफ्नो विचार विपरीत निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ।

मेष राशिको आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क ५ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४९, शेयरबजारमा ३३, वैदेशिक कार्यमा ८५ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अवस्था ५० प्रतिशत अनुकूल रहनेछ, यात्राको योग ४५ प्रतिशत रहेको छ भने आजको सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

मेष राशि हुनेले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नाले मनले चिताएको पुग्नेछ। यो राशि हुनेले आज  निलो रङ्गको प्रयोग नगर्दा राम्रो हुनेछ।

वृष : आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा(व्यवसायबाट भनेजस्तो धन कमाउन सकिएला।

यो राशिको आजको भाग्यशाली रङ्ग पहेँलो रहेको छ, भाग्यशाली अङ्क ९ रहेको छ भने प्रेम र सम्बन्ध ८१ प्रतिशत अनुकूल रहनेछ। त्यस्तै, व्यापारमा ६६, शेयरबजारमा ७१, वैदेशिक कार्यमा ४५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य ६० प्रतिशत अनुकूल रहनेछ भने यात्राको योग ८५ प्रतिशत देखिन्छ। यो राशि हुनेको आजको सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। 

वृष राशि हुनेले आज मान्यजनको आशीर्वाद लिई कार्य प्रारम्भ गरेमा सफलता हासिल गर्न सहज हुनेछ। छलकपटको भावना राख्नाले आफैँलाई हानि गर्नेछ। 

मिथुन : विद्या र बुद्धिको विकास हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। दिनको मध्यमा जिद्दीपनले गर्दा काम बिग्रने डर छ।

आजको भाग्यशाली रङ्ग पहेँलो रहेको छ भने भाग्यशाली अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ८७, शेयरबजारमा ५१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५५ प्रतिशत सफल भइनेछ।

यस्तै, आज स्वास्थ्यको अवस्था ६७ प्रतिशत ठिक रहनेछ भने यात्रा गर्ने अवसर ८७ प्रतिशत रहेको छ। यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। मिथुन राशि हुने आज सात्विक भोजन गर्दा राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग नगर्दा बेस हुन्छ।

कर्कट : स्वादिष्ट खानपिन खान पाइएला। कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह हुनेछ। उपहार पाइने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ।

आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क ६ हो। आज प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५१, शेयरबजारमा ५५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ५१ प्रतिशत सफल भइनेछ।

कर्कट राशि हुनेलाई आज स्वास्थ्यले राम्रै साथ दिने देखिन्छ। ९० प्रतिशत स्वास्थ्य अनुकूलता रहनेछ भने यात्राको योग ८८ प्रतिशत रहेको छ। आजको सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिएमा सोचेको कुरा पूरा हुनेछ। मद्यपानबाट टाढै रहनु ठिक हुनेछ। 

सिंह : व्यर्थको यात्रामा जान बाध्य भइएला। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।

आजको भाग्यशाली रङ्ग रातो रहेको छ। भाग्यशाली अङ्क १ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ५५, शेयरबजारमा ३१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५१ प्रतिशत सफलता हात लाग्नेछ।

त्यस्तै, स्वास्थ्य अवस्था ३१ प्रतिशत मात्र अनुकूल रहनेछ भने यात्राको योग ६५ प्रतिशत रहेको छ। सम्पूर्ण भाग्याङ्क भने ४१ प्रतिशत मात्र रहेको छ।

सिंह राशि हुनेले आज भगवान् शिवजीको दर्शन गर्ने र झुटो नबोल्दा राम्रो हुनेछ।

कन्या : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम जीवन सामान्य नै रहनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। शेयर बजारमा लगानीको अवसर मिल्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम अधुरै रहला।

यस राशिको आजको भाग्यशाली रङ्ग गुलाबी हो भने भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ७९, शेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्यले ६१ प्रतिशत साथ दिनेछ भने यात्रामा सरिक हुने ८० प्रतिशत सम्भावना छ। समग्रमा कन्या राशिको आजको सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

भगवान् शिवजीको दर्शन गर्नाले मन प्रसन्न हुनेछ। हरियो रङ्गको प्रयोग नगर्दा उत्तम हुनेछ।

तुला : नयाँ वस्त्र या उपहार पाइनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। रमणीय र सुखद यात्राको योग छ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ तर निर्णायक क्षमतामा कमी आउनेछ।

आजको भाग्यशाली रङ्ग पर्पल रहेको छ भने भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६४, शेयर बजारमा ५५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्ने योग छ।

त्यस्तै, स्वास्थ्य ७७ प्रतिशत ठिक रहनेछ भने यात्राको योग ८५ र सम्पूर्ण भाग्याङ्क पनि ८५ प्रतिशत नै रहेको छ। 
यो राशि हुनेले आज लक्ष्मीजीको दर्शन गर्ने तथा पहेँलो रङ्गको प्रयोग नगर्ने।

वृश्चिक : पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागी भइनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। शेयर बजारको लगानीबाट राम्रै लाभ हुनेछ।

यो राशिको आजको भाग्यशाली रङ्ग निलो रहेको छ भने भाग्यशाली अङ्क २ रहेको छ। त्यस्तै, प्रेम र सम्बन्धमा ५१, व्यापारमा ८९, शेयर बजारमा ६१, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५४ प्रतिशत सफल भइनेछ।

स्वास्थ्यको स्थिति ६८ प्रतिशत अनुकूल रहनेछ भने यात्राको योग ७५ प्रतिशत रहेको छ। सम्पूर्ण भाग्याङ्क भने ७७ प्रतिशत रहेको छ। 
यो राशि हुनेले आज विष्णु भगवान्‌को दर्शन गर्ने र कालो रङ्गको प्रयोग नगर्ने।

धनु : आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ। सहकर्मीबाट विरोध आउने र गलत निर्णय लिन पुगिएला। स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा चञ्चलता बढ्नेछ तर साँझमा शुभ समाचार सुन्नमा आउला।

धनु राशिको आजको भाग्यशाली रङ्ग सेतो रहेको छ। भाग्यशाली अङ्क ३ रहेको छ भने प्रेम र सम्बन्धको अवस्था ७६ प्रतिशत रहेको छ।

त्यस्तै, व्यापारमा ४०, शेयर बजारमा ३१, वैदेशिक कार्यमा ८५ र शिक्षामा ६१ प्रतिशत सफलताका साथै स्वास्थ्य अनुकूलता ३३, यात्राको योग ४१ प्रतिशत रहेको छ। आजको सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। 

यो राशि हुनेले आज अरूको सल्लाहले कम गर्ने तर हल्लाको पछाडि नलाग्ने गर्नु बेस हुनेछ।

मकर : सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। नयाँ काम पाइन सक्छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ तर साँझमा भने झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

आजको भाग्यशाली रङ्ग खैरो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्ध ८७, व्यापार ५३, शेयर बजार ८०, वैदेशिक कार्य ६५ र शिक्षा ७५ प्रतिशत सफल हुनेछ।

त्यस्तै, आजको स्वास्थ्य स्थिति ५४ प्रतिशत राम्रो रहनेछ भने यात्राको योग ६० प्रतिशत रहेको छ। साथै, सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

दुर्गाजीको दर्शन गरेर दिनको सुरुआत गरेमा राम्रो हुनेछ। आज रातो रङ्गको प्रयोग नगर्दा उत्तम हुनेछ।

कुम्भ : कहीँकतैबाट कुनै उपहार प्राप्त होला। वाहन वा भूमिबाट लाभ रहला। स्वादिष्ट र सुखद भोजन मिल्नेछ तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

यो राशिको आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क ६ हो। प्रेम र सम्बन्धमा ९०, व्यापारमा ६७, शेयरबजारमा ७१, वैदेशिक कार्यमा ८६ र शिक्षामा ७७ प्रतिशत सफलता पाइनेछ।

स्वास्थ्यस्थिति ६१ प्रतिशत ठिक रहनेछ भने यात्राको योग ५५ प्रतिशत रहेको छ। यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। त्यस्तै, मातापिताको आशीर्वाद लिएर दिनको सुरुआत गर्ने र दक्षिण दिशाको यात्रा नगर्दा राम्रो हुनेछ।

मीन : चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुन सक्छ। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। सट्टेबाजी र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।

मीन राशिको आजको भाग्यशाली रङ्ग निलो हो भने भाग्यशाली अङ्क ९ रहेको छ। यो राशि हुनेलाई आज प्रेम र सम्बन्धमा ८९, व्यापारमा ७९, शेयरबजारमा ५६, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अवस्था ५२ प्रतिशत ठिक रहनेछ भने ६३ प्रतिशत यात्राको सम्भावना रहेको छ। त्यस्तै, मीन राशिको आजको सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति मिल्नेछ भने झुटो बोलेमा फसिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .