ad ad

समाज


चोरिएको मोटरसाइकल ५ दिनमै यसरी भेटियो

चोरिएको मोटरसाइकल ५ दिनमै यसरी भेटियो

नेपालखबर
माघ २६, २०७६ आइतबार १२:५४,

सुरेन्द्रप्रसाद दाहाल व्यवसायी तथा सफल नेपाल मिडिया हाउस प्रालिका अध्यक्ष हुन्। उनी माघ १२ गते दिनभर आफ्नो काममा व्यस्त थिए। ७ बजेपछि डाक्टरले फलोअपको लागि बोलाइएको थियो।

उनी फलोअपको लागि हस्पिटल जान घरबाट बाहिर निस्किनै लाग्दा बा.८८प ९८६५को पल्सर मोटरसाइकल स्टार्ट मात्रै के गरेका थिए, उनको फोन बज्यो। फोनबाट आएको ‘म्यासेज’ श्रीमतीलाई भन्नुपर्ने भयो। उनी मोटरसाइकल छाडेर फोनमा आएको म्यासेज श्रीमतीलाई भन्न घरभित्र गए ।

घरभित्र पसेको ५ मिनेटमा हस्पिटल जानको लागि निस्कँदा मोटरसाइकल गायब। यताउती हेरे मोटरसाइकल देखेनन्। तुरुन्त उनी प्रहरीकहाँ गए। मोटरसाइकल हराएको निवेदन दिए। दाहाल मोटरसाइकल हराएकोमा चिन्तित थिए। गुह्येश्वरीमा बिहान–बिहान मानिसहरु मर्निङवाकको लागि जाने गर्छन्। मर्निङवाकमा जानेले चार-पाँच दिनसम्म मोटरसाइकल गुह्येश्वरी परिसरमा बेवारिसे अवस्थामा देखे।

उनीहरुले प्रहरीलाई फोन गरी केही दिनदेखि निलो रंगको बा.८८प ९८६५ को पल्सर मोटरसाइकल भएको कुरा जानकारी गराए।

‘त्यसपछि प्रहरीले मलाई फोन गर्यो,’ उनले त्यो दिन सम्झिँदै भने, ‘म आफैँले मोटरसाइकल चलाएर गौशालामा ल्याएर आए। त्यसपछि महानगरीय ट्राफिक प्रहरीले मोटरसाइकल महाशाखामा पठायो।’

उनलाई ट्राफिक प्रहरीले माघ २६ मा मोटरसाइकल वितरणको कार्यक्रम भन्दै महाशाखामा बोलाएको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले दाहाललाई मोटरसाइकल हस्तान्तरण गरे।

दाहालले आफ्नो मोटरसाइकल लिँदै ट्राफिक प्रहरीलाई धन्यवाद दिए। मोटरसाइकल पाएकोमा उत्साहित हुँदै उनले भने, ‘प्रहरीको सराहनीय काम गरेको छ।’ तर प्रहरीले भेट्टाएको लामो समयसम्म महाशाखामा राख्नुभन्दा छिट्टै वितरण गर्नु राम्रो हुने प्रहरीलाई सुझाव दिए।

१ हजार १८ हराएकोमा २ सय ६१ वटा फेला
आर्थिक वर्ष २०७६/०७७ साउनदेखि माघ २५ गतेसम्म ट्राफिक प्रहरीकहाँ कुल १ हजार १८ मोटरसाइकल हराएको निवेदन परेको छ। जसमा २ सय ६१ मोटरसाइकल फेला पारेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। आज (माघ २६)मा मात्रै २५ मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीले चोरीमा संलग्न ३० जनालाई कारबाही गरिसकेको बताएको छ।

उपत्यकाबाट चोरी भई बाहिर फेला पारको मोटरसाइकल पनि काठमाडौंमा ल्याई सम्बन्धित धनीलाई वितरण गर्ने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले कार्यालय वा कार्यक्रममा जाँदा पार्किङ गरिएको अवस्थामा बढी मोटरसाइकल हराउने उनी बताउँछन्। चोरिएका मोटरसाइकल बेवारिसे छाड्ने, नम्बर प्लेट परिवर्तन गर्ने, वर्कशपमा लगेर मोटरसाइकल मोडिफाइ गर्ने गरेको उनी बताउँछन्। सवारीधनीलाई सुझाव दिँदै ढकालले भने, ‘जथाभावी पार्किङ गर्ने बानीले मोटरसाइकल हराउने गरेको छ । पार्किङ गर्दा सम्भव भएसम्म सेक्युरिटी गार्ड भएको ठाउँमा पार्किङ गर्ने, कुनै ठाउँमा पार्किङ गर्दा नजिकको ट्राफिक प्रहरीलाई जानकारी गराउनुहोस्।’

उनले सर्वसाधारणलाई वर्कसपमा कुनै मोटरसाइकल वा स्कुटरको शंकास्पद मोडिफाई भएजस्तो लागे १०३ वा १०० मा फोन गर्न सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .