ad ad

समाज


बालकुमारी घटना : भौतिकमन्त्री ज्वालालाई जाँचबुझ आयोगले बयानमा बोलायो

बालकुमारी घटना : भौतिकमन्त्री ज्वालालाई जाँचबुझ आयोगले बयानमा बोलायो

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८० बुधबार १२:४६, काठमाडौँ

गत पुस १३ गते दुईजना युवाको ज्यान जाने गरी ललितपुरको बालकुमारी भएको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बयानका लागि बोलाएको छ।

ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा भएको प्रदर्शनको समयमा अछामको चौरपाटी गाउँपालिका-१ घर भई काठमाडौं बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका घर भई  भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएपछि सरकारले बनाएको जाँचबुझ आयोगले ज्वालालाई बयानका लागि बोलाएको हो।

आयोगले ज्वालासँग युवाहरू आन्दोलित भइरहेको स्थानमा किन गएको?, आन्दोलन भएको जानकारी हुँदा हुँदै किन बेवास्ता गरेको? सहितका प्रश्न सोध्ने तयारी गरेको छ। 

ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा युवाहरू आन्दोलित भइरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला सवार गाडी पुगेको थियो। 

बालकुमारीबाट ग्वार्कोतर्फको आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले एकीकृत समाजादवादीको बैठकमा सहभागी हुन गएका ज्वाला सवार बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यस घटनाका क्रममा प्रहरीले गोली चलाउँदा दुईजना युवक मारिएका थिए। तर उक्त घटना आफ्नो कारण नभएको भन्दै मन्त्री ज्वालाले आफूलाई जोगाउने प्रयास गर्दै आएका छन्।

गत पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा 'बालकुमारी घटना जाँचबुझ आयोग, २०८०' बनाइएको थियो। आयोगलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी समय दिइएको छ। 

यसअघि मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएअनुसार आयोगले पुस २० गतेदेखि कार्य प्रारम्भ थालेको थियो।

आयोगको कार्यालय सिंहदरबारस्थित गृह मन्त्रालयको पुरानो भवनमा छ। जहाँ बालकुमारी घटनामा जोडिएका प्रहरीदेखि मन्त्रीहरूसम्मलाई बयान लिइँदैछ।

आयोगले यसअघि नै यो घटनाबारे सल्लाह, सुझाव तथा तथ्यपूर्ण सूचना र जानकारी उपलब्ध गराउन आग्रह गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .