शनिबार आयोगले पत्रकार सम्मेलन गरेर नोबल कोरोना भाइरसको नाम ‘नोबल कोरोनाभाइरस निमोनिया’ एनसीपी राख्ने बताएको जनाइएको छ।
यद्यपी यस नयाँ भाइरसको नाम एनसीपी राखिएको भनेर औपचारिक घोषणा भने भएको छैन।
यस नोबल कोरोनाभाइरसको संक्रमण पछि निमोनियाको संकेतहरु देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
सार्सलाई उछिन्यो कोरोनाले
सन् २००३ को सार्स महामारीले ७ सय ७४ जनाको ज्यान लिएको थियो। नोबल कोरोना भाइरसले सार्सले भन्दा बढी ज्यान लिएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ। शनिबार मात्र चीनमा ८९ जनाको मृत्यु भएको थियो।
कोरोनाको संक्रमण ३७ हजार भन्दा बढीमा देखिएको सीएनएनले जनाएको छ। संक्रमित धेरै भएकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ।
कोरोनाको संक्रमण २५ भन्दा बढी देशमा फैलिसकेको छ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस विश्वभर फैलन सुरु भएपछि चीनबाट आफ्ना देशका नागरिकलाई फिर्ता गर्न विभिन्न देशले पहल कदमी गरिरहेका छन्।

यो पनि।

प्रतिक्रिया