ad ad

समाज


बस र जिप ठोक्किँदा एकको मृत्य, ६ घाइते

बस र जिप ठोक्किँदा एकको मृत्य, ६ घाइते

नेपालखबर
माघ २५, २०७६ शनिबार ७:२१,

नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै बस र जिप एकआपसमा ठोक्किँदा गएराति एकको मृत्यु भएको छ।

कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बसले ठक्कर दिँदा जिप चालक राजकुमार चौधरीको मृत्यु भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा जिपका सहचालक मनोज चौधरी सहित अन्य ६ जना सामान्य घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .