समाज


५३ तोला चाँदीसहित दुईजना पक्राउ

५३ तोला चाँदीसहित दुईजना पक्राउ

नेपालखबर
माघ ९, २०८० मंगलबार १५:३३, काठमाडौँ

बारा प्रहरीले ५२ तोला चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने अन्दाजी वर्ष ३५ को गुजराज विक (स्कुटी चालक) र स्कुटीमा पछाडी सवार सुनसरीको ईटहरी नगरपालिका–३ बस्ने अन्दाजी वर्ष २४ को बद्री विक रहेका छन्।

प्रहरीका अनुसार माघ ८ गते जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा१–०२–०२७ प १८५१ नं. को स्कुटीलाई रोकी चेक जाँच गर्दा उनीहरुको साथबाट सो परिमाणमा चाँदी बरामद भएको हो।

अन्दाजी मूल्य १ लाख १३ हजार १ सय ७० रूपैयाँ बराबरको फर्जी विल भएको ५३ तोला चाँदीको विभिन्न गरगहना रहेको प्रहरीले जनाएको छ।

जसमा बरामद सामानमा औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान, गणेश लकेट ७० थान रहेका छन्।

उनीहरुमाथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .