ad ad

समाज


चालक अनुमतिपत्रको ट्रायलमा नक्कली परीक्षार्थी, राधेराधेबाट एकजना पक्राउ

चालक अनुमतिपत्रको ट्रायलमा नक्कली परीक्षार्थी, राधेराधेबाट एकजना पक्राउ

नेपालखबर
माघ ९, २०८० मंगलबार १२:१३, काठमाडौँ

चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी एक जना तीनवटा प्रवेशपत्रसहित प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ।

भक्तपुरको राधेराधेस्थित इजी ट्रायल सेन्टरबाट सोमबार दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा ३ वटा प्रवेश पत्रसहित एक परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

इलामको चुलाचुली-४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पुरीले पहिलोपटक परीक्षामा अनुत्तीर्ण भई दोस्रोपटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुन: परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रोपटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पुरीलाई आवश्‍यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा पठाइएको र थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .