ad ad

समाज


रवि र जिबीविरुद्ध सहकारी विभागमा दर्ता भयो उजुरी

रवि र जिबीविरुद्ध सहकारी विभागमा दर्ता भयो उजुरी

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८० बुधबार १६:१८, काठमाडौँ

सहकारीमा भएको करोडौं ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका पूर्वसहकमर्मी जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ। 

गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्धत निर्देशक लामिछानेविरुद्ध युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका हुन्। 

लामिछाने र राई दुवैविरुद्ध छानबिन र कारबाही मागसहित सफलले नेपाली नागरिकको तर्फबाट उजुरी दर्ता गराएका हुन्। उजुरीमा कानुनबमोजिम हदैसम्मको कारबाही माग गरिएको छ। 

‘सहकारी ऐनभन्दा बाहिर गएर कारोबार गरी सहकारीसम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र ग्यालेक्सी टिभीका तत्कालीन सञ्चालक एवम् गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुनबमोजिम हदैसम्मको कारबाही मागसहित यो निवेदन पेस गरेको छु’, सफलले भनेका छन्। 

सफलले सहकारीबाट कर्जा झिक्दा गरिएका कर्जा सम्झौताका कागजात र कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णयका प्रतिलिपि वा सक्कल कागज झिकाई अनुसन्धान गर्न पनि ध्यानाकर्षण गराएका छन्।

‘निजहरूले कुनै लिखित सम्झौताबिना कर्जा लिने-दिने कार्य गरेका भए पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यससम्बन्धी आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पत्राचार गर्नु हुन ध्यानाकर्षण गराउँछु।’, सफलले भनेका छन्। 

रवि र जिबीको नाम चितवन, पोखरा र बुटवलमा सञ्चालित सहकारीबाट अनधिकृत रुपमा ऋण निकालेर टेलिभिजनमा लगानी गरेको प्रकरणमा जोडिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .