ad ad

समाज


प्रचण्डलाई बालेन्द्रको व्यंग्य : विश्व कीर्तिमान बनाउनुभयो, एउटै मन कतिपटक जित्नुहुन्छ?

प्रचण्डलाई बालेन्द्रको व्यंग्य : विश्व कीर्तिमान बनाउनुभयो, एउटै मन कतिपटक जित्नुहुन्छ?

फाइल तस्बिर


नेपालखबर
माघ १, २०८० सोमबार १४:५०, काठमाडौँ

मेलम्ची खानेपानी आयोजना वितरण कार्यक्रमको पाँचौँपटक उद्घाटन गरिएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गरेका छन्। 

मेलम्ची खानेपानी पथान्तरण तथा पुनःवितरणको शुभारम्भ गरेर प्रचण्डले विश्व कीर्तिमान बनाएको भन्दै शाहले व्यंग्य कसेका हुन्। 

प्रचण्डले सोमबार माघे संक्रान्तिका दिन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्वको कार्यालय परिसरमा ‘ढुंगेधारा’ खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुभारम्भ गरेका थिए। 

यसरी औपचारिक रुपमा काठमाडौंमा मेलम्चीको पानी वितवरणको शुभारम्भ भएको पाँचौपटक हो। 

तर, पथान्तरणलाईसमेत जोड्दा योसहित आठौं पटक भएको छ। यसैलाई लिएर मेयर शाहले एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डको व्यंग्य गरेका हुन्। 

‘विभिन्न मितिमा खानेपानी मन्त्रीदेखि राष्ट्रपतिसमेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो। मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. सं. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसको दुई वर्षपछि २०५७ सालमा आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो’, उनले भनेका छन्, ‘तर ११ वर्ष लगाएर २०६८ बाट मात्रै सुरूङ खन्न थालियो। त्यो ११ वर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्री नै फेरिए। मेलम्चीका कर्मचारीको थपघट र नियुक्तिको सूची झन् लामो बन्ला। मेलम्चीका नाममा अर्बौँका गाडी किनिए। दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी। तर काठमाडौंमा पहिलो पटक पानी झर्न त्यसको ९ वर्षपछि मात्रै सम्भव भयो।’

मेयर शाहले उचित अध्ययनबिना राजनीतिक स्टन्टका लागि मेलम्चीको पानी ल्याउन खोज्नु जनता झुक्याउने खेल भएको पनिबताएका छन् 

‘प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो। राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुन: समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो', उनले भनेका छन्, 'यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिनेभन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचना बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ। हामी आलोचना मात्र गर्न चाहन्नौँ। यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस्।' 

उनले आफूहरू केन्द्र सरकारसँग सहकार्य गर्न तयार रहेको पनि बताएका छन्। 'यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ। सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साच्चै नै जित्नु भयो भनेर’, उनले थपेका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .