ad ad

समाज


‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीनजना पक्राउ

‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीनजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८० बिहिबार १४:३१, काठमाडौँ

क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका–७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका–११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम छन्।
 

विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने गरी उनीहरूले खेलाएका थिए।

उनीहरूले आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूको साथबाट नलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइलसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .