१९ वर्षीय छोरा जीवन राईको हत्या गरेको अभियोगमा माई नगरपालिका-६ बिहीबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादका क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बीएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
108
Shares
प्रतिक्रिया