ad ad

समाज


सूर्यदर्शन सहकारी ठगीमा युवा संघका उपमहासचिव जेल चलान, जीबीसहित १५ जना फरार

सूर्यदर्शन सहकारी ठगीमा युवा संघका उपमहासचिव जेल चलान, जीबीसहित १५ जना फरार

नेपालखबर
पुस १८, २०८० बुधबार १८:८, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा युवा संघ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) जेल चलान भएका छन्।

पूर्वसञ्चालक गुरुङ र सञ्चालक भविश्वर अर्याललाई पुर्पक्षका लागि थुनामा पठाउन कास्की जिल्ला अदालतले बुधबार आदेश दिएको हो।

गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए।

मंगलबार सुनुवाइ भएर बुधबारको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको एकल इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

यसअघि यस सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए। उनीहरू पनि अहिले पुर्पक्षका लागि थुनामा छन्। 

पोखरामा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत् बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका जीबी राईसहित १५ जना अझै फरार छन्।

ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिवेदनले देखाएको छ।

सहकारीको रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पनि नाम मुछिएको छ। लामिछानेले भने सहकारीको रकम आफूले नलिएको जिकिर गरिरहेका छन्। 

जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .