ad ad

समाज


भाटभटेनीका मालिक गुरुङलाई ५० करोड बिगोका दुई मुद्दा

भाटभटेनीका मालिक गुरुङलाई ५० करोड बिगोका दुई मुद्दा

नेपालखबर
माघ २२, २०७६ बुधबार १३:२८,

भाटभटेनी सुपर मार्केटका सञ्चालक अर्थात भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका मालिक मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुई मुद्दा दर्ता भएका छन्।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका सञ्चालक गुरुङविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड बिगो दावी गर्दै भ्रष्टाचारका दुई मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेका दुई मुद्दामध्ये पहिलोमा ३९ करोड २७ लाख ६७ हजार रुपैंया बिगो दावी गरिएको छ भने अर्कोमा ११ करोड २० लाख रुपैंया बिगो दावी गरेको हो।

३९ करोड २७ लाख ६७ हजार रुपैंया विगो दावी भएको मुद्दामा उनलाई उनी आफैँ जग्गा दलाली गरेको र जग्गा आफैँले पनि प्रयोगमा ल्याएको उल्लेख छ। उनको गोदाम हाउस समेत हाल सोही जग्गामा अवस्थित छ।

तयस्तै गरि ११ करोड २० लाख लाख रुपैंया विगो दावी भएको मुद्दामा प्रत्यक्ष हानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसूर गरेको आरोप लगाइएको छ। सञ्चालक गुरुङ जग्गा प्रकरणमा सुरुदेखि नै जोडिएर प्रत्यक्ष रुपले काम गरेको पाइएको छ।

गुरुङविरुद्ध गत महिना मात्रै नक्कली भ्याट विल बनाइ राजस्व छली गरेको आरोपमा असुली गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो।

भाटभटेनीविरुद्ध नक्कली भ्याट बिलबाट राजस्व छली गरेको राजस्व न्यायाधीकरणले ठहर गरेको थियो। न्यायाधीकरणले ९ करोड रुपैयाँ भ्याट छली गरेको ठहर गरेको थियो। न्यायाधीकरणको सो ठहरलाई सर्वोच्च अदालतले सदर गरेको थियो।

यसरी भएको थियो व्यवसायमा गुरुङको उदय

२०४१ सालमा १० वाई १२ को एउटा सानो कोठाबाट मीनबहादुरले व्यवसयिक यात्रा सुरु गरेका थिए। त्यही व्यवसयालाई विस्तार गर्दै अहिले उनी देशका विभिन्न स्थानमा सुपरमार्केट सञ्चालन गर्ने हैसियतमा पुगेका छन्। गुरुङ यो व्यवसाय ३५ हजार पुँजीबाट सुरु भएको थियो। अहिले भने उनी अर्बौंको कारोबार गर्ने अवस्थामा पुगेका छन्। उनको सुपरमार्केटले हजारौंलाई रोजगारी समेत दिएको छ। खोटाङको सामान्य किसान परिवारमा जन्मिएका उनी सानो व्यवसाय काठमाडौंमा आएर उनले सुरु गरेका थिए।

काठमाडौं लगायत धरान, नारायणगढ, पोखरा, बुटवल, भैरहवा र विराटनगर गरी कुल १७ स्थानमा यसको शाखाहरु रहेका छन् भने नेपालगञ्जमा सञ्चालनको तयारी भइरहेको जनाइएको छ। उक्त सुपरमार्केटले अहिले दैनिक साढे पाँच करोडको कारोबार गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .