बालकुमारीमा भएको घटनालाई लिएर आन्दोलन संघर्ष समिति सुर्खेतले आइतबार जिल्लामा सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गराएको छ।
शनिबार एक अपिल पत्र जारी गर्दै आन्दोलन संघर्ष समितिले गरेको घोषणाअनुसार स्थानीय आन्दोलित भएका हुन्।
शुक्रबार ललितपुरको बालकुमारीमा (ईपीएस) कोरिया भाषा परीक्षाबारे भएको आन्दोलनमा प्रहरीको लाठिचार्ज तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहको मृत्यु भएको थियो।
उक्त विषयलाई लिएर मृतक सुजन र वीरेन्द्रका आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तरगत आइतबार सुर्खेतका सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्द गराएका हुन्।
आफन्तहरूले आन्दोलन भइराखेको ठाउँमा जबरजस्ती झण्डा हल्लाउँदै भीडमा प्रवेश गर्ने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गोली हान्न आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्।
यस्तै, घटनामा संलग्न अन्यलाई कानुनअनुसार कारबाही हुनुपर्ने, दोषीदलाई कारबाही र मृतक युवाहरूलाई सहिद घोषणा, पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनाके ग्यारेन्टी लगायतका माग आफन्तको छ।



Shares

प्रतिक्रिया