ad ad

समाज


उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदै

उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदै

फाइल तस्बिर


नेपालखबर
पुस ६, २०८० शुक्रबार १६:३१, काठमाडौँ

उच्च अदालतमा न्यायाधीश नियुक्तिको तयारी थालिएको छ। त्यसका लागि शुक्रबार न्यायपरिषद्को बैठक बसिरहेको छ।

न्यायपरिषद्को बैठकमा देशभरका उच्च अदालतमा रिक्त पदमा न्यायाधीशहरू नियुक्तिबारे छलफल भइरहेको छ।

देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीशको पद खाली छ।

त्यसमा जिल्ला अदालतका न्यायाधीश, कानुन व्यवसायी र न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाटबाट पदपूर्ति गर्ने तयारी भएको छ। 

न्यायपरिषद्ले अहिलेलाई कानुन व्यवसायीतर्फको कोटा खाली छाडेर न्यायसेवाका प्रथम श्रेणीका अधिकृत र जिल्ला न्यायाधीशहरूमध्येबाट पदपूर्ति गर्नेबारे छलफल गरेको हो।

यसअघि न्यायपरिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरिसकेको छ। 

परिषद्‍बाट सिफारिस ६ संसदीय सुनुवाइ प्रक्रिया पनि पूरा गरेर सर्वोच्च अदालनको न्यायाधीश पदको नियुक्ति लिइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .