ad ad

समाज


‘यौन सम्पर्कपछि पैसामा कुरा नमिल्दा अजिताको हत्या’

‘यौन सम्पर्कपछि पैसामा कुरा नमिल्दा अजिताको हत्या’

नेपालखबर
माघ २१, २०७६ मंगलबार ५:२८,

मकवानपुरकाे हेटौंडा उपमहानगरपािलका वडा नम्बर ११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो।

यही माघ ४ गते बिहान हेटौंडा-५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपछि पैसाका विषयमा विवाद हुँदा अजिताकाे हत्या भएकाे अनुसन्धानबाट खुलेकाे छ। 

घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा-४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा-९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल र हेटौंडा-४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा-११ थानाभर्‍याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी अजितासँग यौन सम्पर्क गरेका थिए। तर सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनकाे हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको हाे।

हत्यापछि उनीहरू शव ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेका थिए।

यसरी पत्ता लगायो प्रहरीले हत्यारा
अजिताको हराएको मोबाइलबाट हत्यारा पत्ता लगाउन प्रहरी सफल भएको हो।

अजिताको मोबाइल घटनामा संलग्न बुद्ध लामाले साथी आशिषलाई दिएका थिए। उनले त्यो मोबाइल आफ्नी पत्नी एलिसालाई दिएका थिए। त्यही मोबाइल अन भएपछि प्रहरी घटनाको सबै विवतरण पत्ता लगाउन सफल भएको हो। सोही कारण एलिसा पनि पक्राउ परेकी हुन्।

काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा र मकवानपुर प्रहरी टोलीले गरेको अनुसन्धानबाट उनीहरू पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी राठौरले जानकारी दिए।

घटनामा संलग्न अझै २ जना फरार रहेकाले खाेजी भइरहेकाे प्रहरीले जनाएको छ।

याे पनि:
हेटौंडाको क्याम्पा डाँडामा तेस्रो लिंगी मृत भेटिए, हत्या भएको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .