उत्तर प्रदेशको बरबान्की जिल्लाका स्थानीय ३० वर्षका अखिलेस रावतले श्रीमतीको हत्या गरेका हुन्।
उनी श्रीमतीको शिर बोकेरै प्रहरी कार्यालयमा पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।
ती व्यक्तिले आफूले श्रीमती मारेको र आफूलाई गिरफ्तार गर्न प्रहरीलाई आग्रह गर्दा प्रहरी नै आश्चर्यमा परेका थिए।
घरबाट ५ किलोमिटर हिँडेरै अखिलेस प्रहरी कार्यालय पुगेका थिए। स्थानीयले उनको हातमा महिलाको शिर देख्दा निकै त्रसित बनेका थिए।
अखिलेसले भनेजस्तो दाइजो नपाएपछि श्रीमतीको हत्या गरेको प्रहरीले बताएका छन्।

प्रतिक्रिया