ad ad

समाज


विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकका दुई शिक्षक पक्राउ

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक


नेपालखबर
मंसिर २५, २०८० सोमबार १४:४९, काठमाडौँ

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन्।

इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४/१५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेललाई पक्राउ गरेको हो। 

उनीहरूलाई गत शुक्रबार (मंसिर २२) पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी निरन्जन भट्टराईका अनुसार पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन्।

‘दुईजना किशोरीहरूले यौन दुर्व्यवहार गर्ने गरेको भनी जाहेरी दरखास्त दिएका छन्,’ भट्टराईले नेपालखबरसँग भने, ‘शिक्षकहरूलाई पक्राउ गरेर अहिले हिरासतमा राखिएको छ।’

जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि डीएसपी भट्टराईले जानकारी दिए। 

शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार (मंसिर २४) गते अदालतबाट ७ दिनको म्याद थप गरिएको हो। 

अहिले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .