समाज


ललितपुरको बखुण्डोलमा भीषण आगलागी, दुई जना घाइते

ललितपुरको बखुण्डोलमा भीषण आगलागी, दुई जना घाइते

नेपालखबर
माघ १९, २०७६ आइतबार ६:३०,

 ललितपुरको बखुण्डोलस्थित एक कवाडीखानामा अगालागी भएको छ।

आइतबार बिहान करिब ११ बजेर २० मिनेट जाँदा  ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित  उत्तर कोरियाली दूतावास नजिकैको कवाडीखानामा आगलागी भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार अगालागीमा परेर कवाडीखानामा कार्यरत दुई जना सामान्य घाइते भएका छन्।

‘दुई जना व्यक्ति सामान्य घाइते बनेका छन्, उनीहरुको उद्धार गरी अस्पताल पठाइसकिएको छ’, घटनास्थलमै रहेका एसएसपी राईले नेपालखबरसँग भने, ‘आगो लगभग नियन्त्रणमा आइसकेको छ।’ ललिपुर र काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका एसएसपी राईले बताए।

आगलागीबाट कवाडीखाना वरिपरि रहेका घरहरुमा सामान्य असर गरे पनि कुनै क्षति भने नभएको उनको भनाइ थियो। उनले अगलागीबाट कवाडी सामान जलेर नष्ट भएको र क्षतिको विवरण संकलन भइरहेको बताएर

उनले आगलागीको कारणबारे केही खुल्न नसकेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए।

 ललिपुर र काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका एसएसपी राईले बताए।

उनले आगलागीको कारणबारे केही खुल्न नसकेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad