ad ad

समाज


३० हजार रुपैयाँ घुससहित प्रहरीका सई पक्राउ

३० हजार रुपैयाँ घुससहित प्रहरीका सई पक्राउ

नेपालखबर
मंसिर १३, २०८० बुधबार ६:३०, बर्दिया

बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउद ३० हजार रुपैयाँ घुस लिँदै  गर्दा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा नेपालगञ्जबाट पक्राउ गरिएको जनाएको छ। 

उनले लागूऔषधको मुद्दा मिलाइदिने काममा सहजीकरण गरिदिने भन्दै घुस मागेको आयोगले जनाएको छ। 

साउदलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .