समाज


धुलिखेल आगलागीमा नौ लाखको क्षति

धुलिखेल आगलागीमा नौ लाखको क्षति

नेपालखबर
मंसिर १२, २०८० मंगलबार ११:२३, काभ्रे

काभ्रेको धुलिखेलमा आज बिहान भएको आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

धुलिखेल नगरपालिका(११ बाँनियाछाप बस्ने बलराम धितालको ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको आगलागी दमकलको सहायतामा तीन घण्टापछि नियन्त्रणमा आएको थियो। 

आगलागीमा परेर पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुसा काट्ने मेसिन, ७० मुरी मकै, तीन मुरी तोरी, तीन मुरी गहुँ, दुई मुरी धान, जै घाँस १ मुरी, लत्ताकपडा, पराल लगायतका बस्तु जलेर नष्ट भएको छ। आगलागीको कारण खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .