ad ad

समाज


पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिक अनावरण

पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिक अनावरण

तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर ९, २०८० शनिबार २१:१८, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेज परिसरमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन्।

उक्त सालिक अनावरणका लागि पूर्वराजा शाह शुक्रबार नै झापा पुगेका थिए। शनिबार दिउँसो कलेजमा आयोजित एक कार्यक्रमकाबीच उनले सालिक अनावरण गरेका हुन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शक्ति प्रदर्शनसहित पुगेका पूर्वराजा शाहले सो कार्यक्रममा आधा घन्टा समय बिताएका थिए। 

पूर्वराजा शाह पुग्दा राजतन्त्रको पक्षमा समर्थकहरूले नाराबाजी समेत गरेका थिए।

उनले कार्यक्रममा सम्बोधन भने गरेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .