सरकारले भीपीएन र डीएनएस प्रयोग गर्न व्यक्तिगत डेटा चोरी हुने, ईमेल अकाउन्ट ह्याक हुने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकाले त्यस्ता नेटवर्क प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ।
भीपीएन प्रयोग र डीएनएस परिवर्तन कति सुरक्षित?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै फ्रि भीपीएन र ओपन डीएनएस मार्फत टिकटक चलाउने गरेको पाइएको जानकारी गराउँदै यस्ता नेटकर्कहरू प्रयोग नगर्न अनुरोध गरिएको छ।
‘फ्री भीपीएन र ओपन डीएनएसकोप्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, ईमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।
टिकटक प्रतिबन्धले डेटा खपत २० प्रतिशत बढ्यो, निःशुल्क चल्ने भीपीएन र डीएनएस बन्द गरिँदै
सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि धेरैले भीपीएन प्रयोग गरेर टिकटक चलाएको पाइएको छ।

Shares

प्रतिक्रिया