ad ad

समाज


म्याग्दीमा भएको मोटरसाइकल दुर्घटनामा जर्मन नागरिकको मृत्यु

म्याग्दीमा भएको मोटरसाइकल दुर्घटनामा जर्मन नागरिकको मृत्यु

नेपालखबर
कात्तिक २५, २०८० शनिबार ५:५६, काठमाडौँ

म्याग्दीको अन्नपूर्णमा मोटरसाइकल दुर्घटना हुँदा एकजना जर्मन नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका-३ काभ्रेभीरबाट एच पी ६६ ए ३०५९ विदेशी नम्बर प्लेटको मोटरसाइकल खस्दा जर्मन नागरिक म्यानफ्रेड ब्रिमरको मृत्यु भएको हो।

उनी सडकबाट ५० मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए। 

उनी सवार मोटरसाइकल सडकमा गुड्दै गर्दा ढुंगामा ठोक्किए भीरबाट खसेको प्रहरीले जनाएको छ।

मृतक ब्रिमरको शव बेनी अस्पतालमा राखिएको छ। शव पोष्‍टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाइने डीएसपी कुँवरले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .