ad ad

समाज


दुई केजी कोकिनसहित काठमाडौँबाट बोलिभियन नागरिक पक्राउ

दुई केजी कोकिनसहित काठमाडौँबाट बोलिभियन नागरिक पक्राउ

नेपालखबर
माघ १७, २०७६ शुक्रबार २:४५,

प्रहरीले काठमाडौँबाट दुई किलो दुई सय ग्राम कोकीनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा संलग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई पक्राउ गरेको हो।

लामो समयको सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट मिगुललाई पक्राउ गरिएको ब्युरोका एक अधिकारीले जानकारी दिए।

सुटकेशभित्र फल्स बटम बनाएर लुकाइछिपाइ राखेको अवस्थामा मिगुललाई पक्राउ गरिएको हो।

उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .