ad ad

समाज


भूकम्पपीडितका लागि महावाणिज्य दूत चन्द्र योञ्जनले गरे १० लाख सहयोग

भूकम्पपीडितका लागि महावाणिज्य दूत चन्द्र योञ्जनले गरे १० लाख सहयोग

प्रधानमन्त्री प्रचण्डलाई सहयोग हस्तान्तरण गर्दै महावाणिज्यदूत चन्द्र योञ्जन, साथमा अस्ट्रेलियाका लागि पूर्वराजदूत महेश दाहाल


नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १४:१६, काठमाडौँ

जाजरकोट भूकम्पपीडितका लागि अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित नेपाली अवैतनिक महावाणिज्य दूत चन्द्र योञ्जनले १० लाख सहयोग गरेका छन्।

अस्ट्रेलियामा स्थापित व्यवसायी महावाणिज्य दूत योञ्जनले भूकम्पपीडितलाई गरेको सहयोग व्यक्तिगत हो। 

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी उनले सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन्। योञ्जनले सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री प्रचण्डलाई भेट्ने क्रममा अस्ट्रेलियाका लागि पूर्वराजदूत महेश दाहाल पनि सहभागी थिए। 

त्यस क्रममा महावाणिज्य दूत योञ्जनले भेटका क्रममा देशलाई दुख्दा विदेशमा बस्ने नेपाली मर्माहत भएको र सबैले सहयोग गर्ने क्रम जारी रहेको बताए। 

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीको योगदान देश विकासमा महत्त्वपूर्ण रहेको र आपत्‌विपत्‌मा अझ बढी सहयोग प्रशंसा योग्य भएको बताए।

कात्तिक १७ गते राति जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ को मृत्यु भएको छ। सयौँ घाइते भएका छन् भने करोडौँ मूल्य बराबरका भौतिक संरचना क्षति भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .