समाज


मणिपुरमा रोकिएन हत्याको सिलसिला, आँखामा पट्टी र हात बाँधेको अवस्थामा दुई शव भेटिए

मणिपुरमा रोकिएन हत्याको सिलसिला, आँखामा पट्टी र हात बाँधेको अवस्थामा दुई शव भेटिए

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १८:४३, काठमाडौँ

भारतको मणिपुर राज्यमा गत मेदेखि सुरु भएको हत्याको सिलसिला अझै रोकिएको छैन।

मणिपुरमा ३ मेदेखि जारी हिंसामा अहिलेसम्म १८७ जनाको ज्यान गइसकेको छ। यसक्रममा १ हजार भन्दा धेरै घाइते भइसकेका छन्। 

मणिपुरको राजधानी इम्फालमा पुलिसले बुधबार दुईवटा शव बरामद गरेको छ। 

एक पुलिस अधिकारीका अनुसार ती शवमा एउटा महिलाको पनि छ। ती महिलाको शव ताइरेनपोकपी इलाका आसपास भेटिएको हो।

उता मंगलबार इम्फाल पूर्वी जिल्लाको ताखोक मापल माखा इलाका एक पुरुषको शव भेटिएको छ। जसको उमेर करिब ४० वर्ष छ। यो विवरण पुलिसले बिहीबार दिएको हो।

पुलिसका अनुसार मारिएकाहरूको आँखामा पट्टी बाँधिएको थियो। त्यस्तै हात पछाडि बाँधेकोअवस्थामा भेटिएको छ। यी दुवै शवको टाउकोमा गोलीको निशान पाइएको छ। 

पुलिसका अनुसार महिला ती चार बेपत्ता नागरिकमा एक थिइन्, जो ७ नोभेम्बरदेखि इम्फाल पश्चिम जिल्लाको काङ्गचुप तलहटीबाट अपहरणमा परेका थिए।

अपहरणमा परेकाहरूमा ६० वर्षीय नेङ्किम, ५५ वर्षीया नीलम, २५ वर्षीय जोन थङ्गजिम हाओकिप र ४० वर्षीय जमखोतङ्ग रहेका छन्। जसमध्ये महिलाको शव भेटिएको छ।

मणिपुरको काङ्गपोकपी जिल्लामा काङ्ग्चुप चिङ्गखोङ्ग गाउँनजिक ७ नोभेम्बरमा एक चेक प्वाइन्टमा भीडले गाडी रोकेर त्यसमा सवार चारजनालाई अपहरण गरेका थिए। 

अपहरणमा परेका सबै कुकी समुदायका सदस्य थिए। यिनमा तीनजना एकजना सैनिकका परिवारका सदस्य थिए। जसमा सैनिककी आमा पनि थिइन्। 

आफ्नो समुदायका मानिसको अहपरण भएको सुनेपछि केही कुकी मानिसहरू हतियार लिएर घटनास्थल पुगेका थिए। 

जहाँबाट उनीहरूले काङ्ग्चुपतर्फ गोली चलाएका थिए। यस गोलाबारीमा दुई पुलिस र एक महिलािहित नौजना घाइते भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .