ad ad

समाज


भूकम्पका २८३ घाइते डिस्चार्ज, उपचाररतमध्ये ८ जनाको अवस्था गम्भीर

भूकम्पका २८३ घाइते डिस्चार्ज, उपचाररतमध्ये ८ जनाको अवस्था गम्भीर

भेरी अस्पताल


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १५:३, काठमाडौँ

देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पका घाइतेमध्ये २ सय ८३ जना डिस्चार्ज भएका छन्। 

आज दिउँसो १२ बजेसम्मको विवरणअनुसार अब ८९ जना घाइते उपचारमा रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। तीमध्ये ट्रमासेन्टर (काठमाडौँ) मा १ जना, त्रिवि शिक्षण (टिचिङ) (महाराजगन्ज) मा १० जना, भेरी अस्पताल (नेपालगन्ज) मा ४५ जना, प्रदेश अस्पताल (सुर्खेत) मा २१ जना र जाजरकोट जिल्ला अस्पतालमा १२ जना उपचाररत छन्। 

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर, ४२ जनाको अवस्था मध्यम र ३९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 

जाजरकोट भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करोडौँ मूल्य बराबरको भौतिक संरचना क्षति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .