समाज


कोरोना भाइरस चमेराबाट मान्छेमा सरेको अनुमान

कोरोना भाइरस चमेराबाट मान्छेमा सरेको अनुमान

नेपालखबर
माघ १६, २०७६ बिहिबार ११:४२,

यतिबेला रोग विज्ञहरुले कोरोना भाइरस चमेराबाट मान्छेमा सरको हुनसक्ने बताएका छन्।

अमेरिकास्थित इको हेल्थ अलाएन्सका डाक्टर पिटर डासजाक भन्छन्,‘नयाँ कोरोना भाइरसको आनुवंशिक अनुक्रम हेर्दा यसको सम्बन्ध चमेरासँग देखिएको छ।’

ल्यान्सेट मेडिकल जर्नलमा बुधबार प्रकाशित अनुसन्धानमा कोरोना चमेराबाट सरेको बताइएको छ।

कोरोना भाइरसको संक्रमण चीनको सबै २३ प्रान्तमा कोरोना फैलिसकेको छ।

चीनमा मात्र यस भाइरसको संक्रमणबाट १ सय ७० जनाको मृत्यु भएको छ। त्यहाँ ७ हजार ७११ जना कोरोनाबाट बिरामी परेका छन्।

कोरोनाको संक्रमण अन्य १६ देखि १८ देशहरुमा पनि देखिएको छ।

यसबीचमा यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने डब्लूएचओले सुझाव दिएको छ।

विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपतकाल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्।

डब्लूएचओका डाक्टर माइक र्‍यानले यो भाइरसको संक्रमण गम्भीर चरणमा पुगेकाले विश्व एक भएर यसलाई रोक्न लागि पर्नुपर्ने बताएका छन्। 

केही समय अगाडि चीनकी एक महिलाले चमेरको सुप खाएको भिडियो भाइरल बनेको थियोे। त्यसपछि उनको चर्को अलोचना भएको थियो।

Image result for bat soup

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad