ad ad

समाज


किन ढाँट्छन् मान्छे? अध्ययन भन्छ- इमानदार देखिन

किन ढाँट्छन् मान्छे? अध्ययन भन्छ- इमानदार देखिन

नेपालखबर
माघ १६, २०७६ बिहिबार ११:२३,

दैनिक जीवनमा हामी सबैले कुनै न कुनै बेला झुठो बोल्नुपर्ने अवस्था आइपर्छ। तर, अधिकतम मानिस किन ढाँट्छन्?

तपाईं विश्वास गर्नुस् या नगर्नुस्, हालैको एक अध्ययनले भने मानिसहरुले इमानदार देखिन झुठको सहारा लिने गरेको देखाएको छ।

मानौँ तपाईं त्यस्तो काम गर्नुहुन्छ, जसमा बारम्बार गाडी चलाएर बाहिर जानुपर्ने हुन्छ। कम्पनीले तपाईंलाई महिनाको ४०० माइलसम्मको पैसा दिन्छ। तपाईंका प्रायः सहकर्मी महिनामा २८० देखि ३२० माइलसम्म गुड्छन्। तर, यो महिना तपाईं ४०० माइल गाडी चलाउनुभयो। अब भन्नुस्, अफिसमा तपाईंले कति माइल गाडी चलाएको रिपोर्ट पेस गर्नुहुन्छ?

जेरुसलेमस्थित हिब्रु युनिभर्सिटी, युनिभर्सिटी अफ सिकागो र युनिभर्सिटी अफ क्यालिफोर्नियका वैज्ञानिकहरुले यो अध्ययन गरेका थिए।

उनीहरुले अमेरिकाका एक सय जना वयष्क व्यक्तिलाई यही प्रश्न सोधेका थिए।

जसको औसत उत्तर थियो, ३८४ माइल। अर्थात् मानिसहरु आफूलाई घाटा भए पनि इमानदार देखिन झुठ बोल्छन्। ताकि आफ्नो साख नगिरोस्, विश्वास नगुमोस्।

‘आफ्नो साखप्रति मानिसलाई ठूलो चासो हुन्छ। अरुले आफ्नो मूल्यांकन कसरी गर्लान् भनेर उनीहरु चिन्तित हुन्छन्। त्यसैले वास्तविक रुपमा इमानदार बन्ने भन्दा इमानदार देखिने चाहनाले जित्ने गर्छ,’ हिब्रु युनिभर्सिटीका सोहाम चोसेन हिलेल भन्छन्।

सो अध्ययन जर्नल अफ एक्सपेरिमेन्टल साइकोलोजीः जेनेरलमा प्रकाशित छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .