ad ad

समाज


एक साता लामो भ्रमणका लागि प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

एक साता लामो भ्रमणका लागि प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

नेपालखबर
कात्तिक १२, २०८० आइतबार ६:५१, काठमाडौँ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा गएका छन्। 

प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको ६ सदस्यीय टोली चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्षको निमन्त्रणामा एक सातालामो भ्रमणका लागि चीन गएको हो।

प्रधानन्यायाधीशको टोलीले यही कात्तिक १५ देखि १७ गतेसम्म चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ।

प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ, न्यायाधीश डा.आनन्दमोहन भट्टराई र उनकी पत्नी पुष्पा भट्टराई, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र शाखा अधिकृत नविनकुमार यादव सहभागी छन्। प्रधानन्यायाधीश श्रेष्ठको टोली कात्तिक १७ गते स्वदेश फर्किने कार्यक्रम छ।

चीनमा रहँदा प्रधानन्यायाधीश श्रेष्ठले सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्ष तथा अदालतका उच्च अधिकारीसँग औपचारिक भेट गर्नुका साथै कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन्।

त्यसअघि नेपाली भ्रमण टोलीले सिञ्ज्याङ प्रदेशमा चाइना ल सोसाइटीले कात्तिक १२ देखि १४ सम्म आयोजना गर्ने सेन्ट्रल एसिया एण्ड साउथ एसिया लिगल फोरमको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .