ad ad

समाज


दसैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल

दसैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १३:५०, काठमाडौँ

दसैँ मनाउन गाउँ गएका फर्किन थालेका छन्। नेपालीहरुको महान चाड बडा दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भीड देखिएको छ।

काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ।

दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भएपनि बिस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ।

गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिएको देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .