ad ad

समाज


१० डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम, यस्तो छ देशभरको विवरण

१० डिग्रीमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम, यस्तो छ देशभरको विवरण

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १०:४२, काठमाडौँ

दिनप्रतिदिन देशभर तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीमा झरेको छ।

महाशाखाले जारी गरेको विवरणअनुसार देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम विवरण यस्तो छ :

हेर्नुहोस् सूची

डडेल्धुरा : अधिकतम २२.६, न्यूनतम ९.२ 

दिपायल : अधिकतम ३०.६, न्यूनतम १३.४

धनगढी : अधिकतम ३१.५, न्यूनतम १६.२

वीरेन्द्रनगर : अधिकतम २९.४, न्यूनतम १३.०

नेपालगन्ज : अधिकतम ३१.४, न्यूनतम १८.४

जुम्ला : अधिकतम २२.०, न्यूनतम १.९

घोराही : अधिकतम २८.५, न्यूनतम १४.८

पोखरा : अधिकतम २७.८, न्यूनतम १३.०

भैरहवा : अधिकतम ३१.९, न्यूनतम १७.५

सिमरा : अधिकतम ३२.६, न्यूनतम १८.० 

काठमाडौँ : अधिकतम २६.५, न्यूनतम १०.०

ओखलढुंगा : अधिकतम २२.०, न्यूनतम ११.८ 

ताप्लेजुङ : अधिकतम २३.६, न्यूनतम ९.२

धनकुटा : अधिकतम २८.०, न्यूनतम १४.०

विराटनगर : अधिकतम ३१.५, न्यूनतम १८.०

जनकपुर : अधिकतम ३४.४, न्यूनतम १८.२ 

मौसमविद्का अनुसार न्यूनतम बिहानको तापक्रम हो भने अधिकतम दिउँसोको। त्यसैले माथि उल्लिखित न्यूनतम आज (मंगलबार) बिहानको हो भने अधिकतम तापक्रमचाहिँ हिजै सोमबार दिउँसोको हो। आज दिउँसोको मापन गर्नै बाँकी छ।

.प्रस्तुत तथ्यांकले हरेक ठाउँको ठ्याक्कै तापक्रम नआए पनि देशका हिमाल, पहाड र तराईको एउटा तस्बिर दिने मौसमविद्को भनाइ छ। 

मौसमविद्का अनुसार राति आकाश खुला भयो भने न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ। यस्तै दिउँसो बादल लाग्यो भने अधिकतम तापक्रम घट्छ भने घाम लाग्यो भने बढ्छ। वर्षा तथा हिमपात भयो भने पनि तापक्रम घट्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .