ad ad

समाज


पाल्पा दुर्घटना : मृतक ६ जनाकै सनाखत, सबै एकै परिवारका

पाल्पा दुर्घटना : मृतक ६ जनाकै सनाखत, सबै एकै परिवारका

नेपालखबर
कात्तिक ६, २०८० सोमबार ६:५, पाल्पा

आइतबार साँझ पाल्पामा भएको कार दुर्घटनामा ज्यान गुमाउनै सबै एकै परिवारका भएको खुलेको छ। 

मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली–१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल, र सबिनाका अर्का अढाई वर्षीय छोरा रहेका छन्। 

त्यसैगरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। 

दुर्घटनामा कृष्णबहादुरका छोरा ३६ वर्षीय ईश्वरबहादुर लोहनी गम्भीर घाइते भएका छन्। उनी कारका चालक हुन्। उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बागमती प्रदेश ०१–०२६–७२०९ नम्बरको कारमा सवार उनीहरु पाल्पाको रानीमहल घुमेर सदरमुकाम तानसेन जाँदै गर्दा दुर्घटनामा परेका इन्सपेक्टर चन्दले जानकारी दिए। उनीहरु सबैको घटना स्थलमै मृत्यु भएको हो। दसैँको बेला रानीमहल घुम्न गएको बेला उनीहरु दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार कार तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट १ सय मिटर तल खोलामा खसेको थियो। सबैको शव पानीबाट निकालिएको प्रहरी निरीक्षक चन्दले बताए।

दुर्घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली, सशस्त्र र नेपाली सेनाले संयुक्त रुपमा मृतक र घाइतेको उद्धार गरेको थियो। 

जिप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .