ad ad

समाज


धादिङ भूकम्प : सय घरमा क्षति, लगातार परकम्प जाँदा घर बाहिरै छन् स्थानीय

धादिङ भूकम्प : सय घरमा क्षति, लगातार परकम्प जाँदा घर बाहिरै छन् स्थानीय

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०८० आइतबार १२:५२, काठमाडौँ

धादिङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। 

भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए।

पटक-पटक चार रेक्टर स्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसिरहेका स्थानीय राजेश अधिकारीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए। 

धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भएर आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .