ad ad

समाज


दसैँका यात्रुसँग बढी भाडा असुल्ने र नक्कली टिकट बेच्ने पाँच जना काठमाडौँबाट पक्राउ

दसैँका यात्रुसँग बढी भाडा असुल्ने र नक्कली टिकट बेच्ने पाँच जना काठमाडौँबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ७:४, काठमाडौँ

दसैँमा घर फर्कने यात्रुबाट बढी भाडा असुल गर्ने पाँचजनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जनालाई पक्राउ गरेको हो।
 
दसैँको बहानामा सर्वसाधारणबाट बढी भाडा असुल गरेको, यात्रुलाई अनावश्यक दुःख दिएको र नक्कटी टिकट बनाएर यात्रुलाई ठगी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मकवानपुरको हेटौँडा स्थायी घर भई काठमाडौं बस्ने सन्देश श्रेष्ठ र काठमाडौंका रोहित लामा यात्रुबाट बढी भाडा असुलेको पाइएपछि पक्राउ परेका छन्।

नक्कली टिकट बनाएर यात्रुलाई ठगेको पाइएपछि महोत्तरीको बर्दिबासका अनिल बुढाथोकी, काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

दसैँको समयमा यात्रुबाट बढी भाडा असुल गर्ने, नक्कली टिकट बेच्ने, यात्रुलाई दुःख दिने र विभिन्न ढंगले ठग्नेलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले टोली परिचालन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .