ad ad

ग्लोबल


इजरायली सेनाको दाबी- हामीले वेस्ट बैंकमा हवाई हमला गरी धरै जना ‘आतंकवादी’ मार्‍यौँ

इजरायली सेनाको दाबी- हामीले वेस्ट बैंकमा हवाई हमला गरी धरै जना ‘आतंकवादी’ मार्‍यौँ

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार ७:१३, काठमाडौँ

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बुधबार राति वेस्ट बैंकको नुर सम्स शरणार्थी शिविरमा ‘सशस्त्र आतंकवादी समूह’ लाई लक्ष्य गरी हवाई आक्रमण गरिएको बताएको छ। हमलामा ‘धेरै आतंकवादी’ मारिएको दाबी उसले गरेको छ। 

यसअघि प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंकमा इजरायली सेनासँगको झडपमा ६ जनाको मृत्यु भएको जनाएको थियो।

आईडीएफले विज्ञप्ति जारी गरी भनेको छ– हालसम्म इजरायली सुरक्षा बलले १० जना ‘वान्टेड संदिग्ध’लाई पक्राउ गरेको छ। साथै आक्रमणका लागि तयार धेरैवटा ‘विस्फोटक यन्त्र’ निष्क्रिय पारिएका छन्। 

आईडीएफले केही बन्दुकधारीहरूसँग गोली हानाहान भएको पनि बताएको बीबीसीको समाचारमा उल्लेख छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .