ad ad

समाज


ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएपछि चालक पक्राउ

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएपछि चालक पक्राउ

नेपालखबर
असोज २८, २०८० आइतबार ६:५, संखुवासभा

संखुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा सहचालक युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार टिमुरे भञ्याङमा को २ त ४३३० नम्बरको ट्याक्टर दुर्घटना हुँदा संखुवासभाकै पाँचखपन नगरपालिका–१ का १८ वर्षीय सविनकुमार तामाङको मृत्यु भएको हो।

उनी दुर्घटनामा परेको ट्रयाक्टरका सह चालक हुन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वाना प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो। 

दुर्घटनापछि ट्याक्टर चालक सोही ठाउँका ३४ वर्षीय वीरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .