समाज


एक करोडको कपडा बोकेर काठमाडौं आउँदै गरेको ट्रक सशस्त्रको नियन्त्रणमा

एक करोडको कपडा बोकेर काठमाडौं आउँदै गरेको ट्रक सशस्त्रको नियन्त्रणमा

नेपालखबर
असोज २५, २०८० बिहिबार १६:५०, काठमाडौँ

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल वाहक ट्रक नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ।

नियन्त्रणमा लिइएको ट्रक बरामद लत्ताकपडासहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .