ad ad

समाज


२५० नेपाली लिन इजरायल पुग्यो नेपाल एयरलाइन्स

२५० नेपाली लिन इजरायल पुग्यो नेपाल एयरलाइन्स

नेपालखबर
असोज २५, २०८० बिहिबार १४:११, काठमाडौँ

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज इजरायलको तेलअबिबमा अवतरण गरेको छ।

नेपाल एयरलाइन्सको जहाज बिहीबार दिउँसो तेलअबिबस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव सावदले जानकारी दिएका छन्।

हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुगेको हो।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार साढे ३ बजे उडेको ए ३३० विमान दुबई विमानस्थलमा अवतरण गरी स्थानीय समयानुसार बिहान १० बजेर ४६ मिनेट जाँदा त्यहाँबाट इजरायलका लागि उडेको थियो।

इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका छन्।

नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ।

जहाज त्यहाँ दुई घण्टा बस्नेछ। त्यसपछि २५० नेपाली लिएर जहाज स्थानीय समयाअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा फेरि दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ।

हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो।

इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यावसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .