ad ad

समाज


नेपालबाट बाहिरिन थाल्यो मनसुन

नेपालबाट बाहिरिन थाल्यो मनसुन

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०८० शनिबार ७:३१, काठमाडौँ

नेपालबाट मनसुन (वर्षा गराउने प्रणाली) बाहिरिन सुरु गरेको छ। 

मौसम पूर्वानुमान महाशाखका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको हो। 

नेपालका बाँकी स्थानबाट पनि मनसुन केही दिनमा बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ। 

यस विषयमा महाशाखाले नियमित अनुगमन गरिरहेको छ र थप जानकारी दिँदै जाने जनाइएको छ।

नेपालबाट मनसुन बाहिरिनुपर्ने औसत मिति अक्टाेबर २ तारिख नै थियो। तर यसपालि मनसुन बहिर्गमनमा केही ढिलाइ भएको मौसमविद्ले बताएका छन्। 

मौसमविद्का अनुसार मनसुन पश्चिमबाट क्रमशः हट्दै पूर्वबाट बाहिरिन्छ। प्रवेश गर्दा पनि मनसुन पूर्वबाटै गर्छ। 

यस वर्ष मनसुन नेपाल भित्रिँदा पनि सरदर मितिभन्दा एक दिन ढिला अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) भित्रिएको थियो। 

मनसुन बाहिरिएपछि वर्षायाम सकिएको मानिन्छ।

यसपछिको सिजनलाई पोस्ट मनसुन भनिन्छ। पोस्ट मनसुनको अवधि अक्टोबर र नोभेम्बरसम्म रहन्छ। 

माैसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली भेगमा हिमपात हुन सुरु हुन्छ। तर धेरै हुँदैन। पोस्ट मनसुनलाई पर्यटकीय मौसम पनि भनिन्छ।

डिसेम्बरदेखि विन्टर (हिउँद) सुरु हुने मौसमविद् बताउँछन्।  

हेर्नुहोस् मनसुन बाहिरिन सुरु भएको सम्बन्धी विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .