ad ad

समाज


आन्दोलनका लागि काठमाडौं आउँदै गरेका शिक्षक चढेको गाडी सिन्धुलीमा पल्टियो

आन्दोलनका लागि काठमाडौं आउँदै गरेका शिक्षक चढेको गाडी सिन्धुलीमा पल्टियो

नेपालखबर
असोज १२, २०८० शुक्रबार १०:४४, काठमाडौँ

आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको गाडी सिन्धुलीमा पल्टिँदा १० जना घाइते भएका छन्।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा  शिक्षकहरु सवार मधेश प्रदेश ०४-००१ ज ००६२ नम्बरको भ्यान शुक्रबार बिहान दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले दिएको जानकारी अनुसार भ्यान दुर्घटनामा १० जना शिक्षक घाइते भएका छन्। भ्यानमा चालकसहित ११ जना सवार थिए। 

‘बोहोरेटारको साँघुरो टर्निङमा भ्यान सडकबाट तल खसेर दुर्घटनामा परेको छ,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘दुर्घटनाका घाइतेलाई धुलिखेलतर्फ लगिएको छ। घाइते अझै अस्पताल पुगिसकेका छैनन्।’

प्रारम्भिक जानकारीअनुसार घाइते सबै खतरा मुक्त रहेका एसपी सिलवालले बताए। 

काठमाडौंमा जारी राहत शिक्षकको आन्दोलनमा सहभागी हुन सिन्धुली सदरमुकामबाट काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको भ्यान दुर्घटनामा परेको हो। 

दुर्घटनापछि भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .